गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको निधन
पाेखरा | कात्तिक २९, २०८१
पोखरा: गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको उपचारको क्रममा निधन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित समानुपातिक प्रदेश सांसद गौचनको गएराती काठमाडौंमा निधन भएको हो ।
गण्डकी प्रदेश सभा सदस्य गौचनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिजो राति निधन भएको प्रदेश सभा सदस्य जीत शेरचनले जानकारी दिए । केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् ।
डेंगुबाट विरामी सांसद गौचनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्ठि गरिने पारिवारिक श्रोतले जनाएको छ । गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

